१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमणले हात्ती पाल्नै कठिन


0
Shares

चितवन, साउन २८ । बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस, विभिन्न कार्याक्रमका साथ विश्वभर यो दिवस मनाइयो ।

चितवनमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले निरन्तरको लकडाउन र कोरोना संक्रमणले हात्ती पाल्नै कठिन भएको बताउनुभयो ।

एउटा हात्ती पाल्न महिनामा एक लाखसम्म खर्च हुने तर पर्यटनका गतिविधि ठप्प हुँदा आम्दानी रोकिन गएपछि आर्थिक भारका कारण घरपालुवा हात्तीहरु सौराहामा घट्दै गएका छन् ।

कुनै समय ५२ देखि ५३ वटा हात्ती रहेको सहकारीमा अहिले जम्मा ३० वटा हात्ती बाँकी रहेको सहकारीका व्यवस्थापक विनोद तिमिल्सेनाले बताउनुभयो ।

यसअघि हात्तीका लागि घाँसको समेत समस्या भएपनि अहिले भने निकुञ्ज आसपासबाट घाँस काट्ने सुविधा वन विभाग र निकुञ्जले दिएको सहकारीका अध्यक्ष ऋषि तिवारीले बताउनुभयो ।

अब चाँडै हात्तीका लागि सरकारले भेटेरीनरी र बीमाको व्यवस्था गरिदिए हात्ती विस्थापित हुनबाट जोगाउन सकिने उहाँको भनाई थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घरपालुवा हात्तीबाट पनि यसको संरक्षणमा टेवा मिलेको बताउनुभयो ।

हात्ती दिवसका दिन बिहीबार दिनभर हात्तीलाई बिदा दिएर मिठा मिठा खानेकुरा खुवाउने चलन रहिआएको छ ।