काठमाडौं, साउन २९ । नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ ।
शुक्रबार भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागरकुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताउनुभयो । उहाँले यसमा अन्य जेभीएस र पीआई संस्था पनि रहेको बताउनुभयो । सचिव राईले ४ वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसावमा, चुरे दोहन रोक्ने लगायतका हिसावमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको बताउनुभयो ।
जल तथा उर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अष्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताउनुभयो । उहाँले अष्ट्रेलियाले जल तथा उर्जा क्षेत्र र कमला नदी बेसिनको क्षेत्रमा ५ वर्ष यता निरन्तर सहयोग गरिरहेको स्मरण गर्नुभयो ।
त्यसैगरी नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा उर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जल तथा उर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्