२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउँछ : विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं, साउन २९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बनाउनुभयो ।


प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको एक पिल्लर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बनाउनुभयो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीबारदेखि सुरु भएको बैठक दोस्रो दिन पनि जारी छ ।

शुक्रबारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरी लगायतले आफ्नो धारणा राखेको उहाँले जानकारी दिनुभयो ।

बैठकपछि १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका आउने उहाँले बताउनुभयो । बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने उहाँले उल्लेख गर्नुभयो ।

बैठकमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्तावित भएर आएको निर्वाचन निर्देशिकामाथि पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।