काठमाडौं, साउन २९ । मनराम ग्रुपले संखुवासभाको तुम्लिङटारस्थित अम्बिका उच्च माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेको छ ।
शिक्षा क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक भएकाले टेलिस्कोप प्रदान गरीएको हो ।
मनराम गु्रपका निर्देशक राजेन्द्र कुमार श्रेष्ठले दुर्गम क्षेत्रमा अध्ययनरत् बालबालिकाको शैक्षिक वृत्ति विकासको लागि मनराम गु्रपले निरन्तर काम गर्दे आएको वताउनुभयो ।
विद्यालयलाई २ लाख रुपैयाँ बराबरको टेलिस्कोपसहित शैक्षिक सामाग्रीसमेत वितरण गरेको थियो । विद्यालयमा शुक्रबार भएको एक कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र घिमिरेलाई टेलिस्कोपसहितका शैक्षिक सामाग्री हस्तान्तरण गरीएको हो ।
टेलिस्कोप जडान गरीएपछि ब्रह्माण्डको बिषयमा खोज अनुसंधान गर्ने विद्यार्थीहरुलाई सहयोग पुग्ने मनराम गु्रपका निर्देशक राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
मनराम गु्रपले देशभरका सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरेको छ भने कम्प्यूटर र ल्यापटमसमेत प्रदान गर्दे आएको छ ।
दुर्गम क्षेत्रमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक विकासकोलागि गु्रपले छात्रवृत्ति र खेलप्रति बिद्यार्थीको आकर्षण बढाउन खेल सामाग्रीसमेत बितरण गर्दे आएको छ ।
आगामी दिनमा समेत दुर्गम क्षेत्रका बालबालिका पढ्नबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले मनराम गु्रपले बिभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्