१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल टेलिकमको ‘एफटीटीएच’का ग्राहक पौने दुई लाख


0
Shares

काठमाडौं, साउन २९ । नेपाल टेलिकमको फाइवर टु द होम (एफटीटीएच) सेवाका ग्राहक पौने २ लाख बराबर पुगेको छ ।

नेपाल टेलिकमले एउटै फाइवरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइवर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको जनाएको होे ।

२०७५ सालमा १७ सय ३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३०,८७९ ग्राहकलाई र २०७७ मा १,०७,७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो ।

यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४,२९९ नयाँ लाइन वितरण गरिएको कम्पनीले जनाएको छ ।

टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ ।