
लमजुङ, मंसिर २२ । लमजुङको पाउदीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन् । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल पाउदी खोलामा खसेको हो ।
दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई चितवन मेसडकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
बसमा १२ जना यात्री रहेकोमा दुई–तीन जना भने गाडी गुड्न थालेपछि ओर्लिएका थिए । मृतक एक महिला रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्