८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दिल्ली आगलागी : मृत्यु हुनेको संख्या ४३ पुग्यो, ६० को उद्दार


0
Shares

काठमाडौं, मंसिर २२ । भारतको राजधानी नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको झोला बनाउने कारखानामा आगलागीमा हुंदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ ।

६० जनालाई उद्दार गरी अस्पताल भर्ना गरिएको छ ।

६ तले भवनमा बिहानको समयमा आगलागी हुंदा सय भन्दा बढी मजदुर कारखानाभित्र सुतिरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

आगलागी हुँदा कारखानाभित्र रहेकाहरुको निसास्सिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा दिल्ली बाहिरबाट आएर काम गर्ने मजदुरहरू रहेको बताइएको छ । दिल्ली सरकारले प्रत्येक मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।