
चितवन, मंसिर २२ । चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहि स्थानका पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर २७ का २५ बर्षिय विनोद कुमार महतो, ३६ बर्षिय दिपेन्द्र महतो, २७ बर्षिय यमकुमार महतो र २० बर्षिय बिजय महतो छन् । उनीहरुसँगै एक किशोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक विरेन्द्र गुरुङको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।
मंसिर १२ गतेबाट हराइरहेका अभिनाशको शव मंसिर १५ गते गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्