एजेन्सी, साउन ३२ । अमेरिकी राष्ट्रपति जो बाइडनमाथि निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले निशाना साँधेका छन् ।
अफगानिस्तानबाट भागाभाग गरेर अमेरिकी सैनिक र नागरिक निकाल्नु परेपछि ट्रम्पले बाइडनलाई यो अवस्थाका लागि जिम्मेवार डहराउँदै राजीनामा दिन भन्नुभएको हो ।
अफगानिस्तान मामलामा सही निर्णय लिन नसकेको भन्दै चौतर्फी आलोचनाबाट घेरिनुभएका बाइडनको ट्रम्पले राजीनामा माग्नुभएको हो ।
आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन निकै सफलतापूर्वक हुने थियो भन्दै ट्रम्पले, अफगानिस्तानबाट बाहिरिन बाइडनले जसरी अनुमति दिए त्यो निकै अपमानित भएकाले राजीनामा दिनुपर्ने जिकीर गर्नुभएको हो ।
बाइडन प्रशासनले भने तालिबानसँग अफगानिस्तान छाड्ने सम्झौता ट्रम्पकै समयमा भएको जवाफ फर्काएको छ । तालिबानले तीब्र गतिमा गरिएको कब्जाप्रति बाइडनको आलोचना भइरहेको हो ।
यद्यपि, बाइडन प्रशासनले अफगान सुरक्षाकर्मी यति कमजोर थिए भन्ने अनुमान गर्न नसकिएको स्वीकारेको छ ।
प्रतिक्रिया दिनुहोस्