२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अफगानिस्तानः अन्तर्राष्ट्रिय समुदायको संयुक्त आह्वान, अफगानीलाई देश छोड्न देउ


0
Shares

एजेन्सी, साउन ३२ । अफगानिस्तान तालिबानको नियन्त्रणमा गएसँगै त्यहाँका नागरिकको सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता प्रकट गर्दै देश छाड्न चाहनेलाई नरोक्न अपील गरेका छन् ।

अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत विश्वका ६० भन्दा बढी देशले संयुक्त वक्तव्य जारी गर्दै देश छोड्न चाहने नागरिकलाई अवरोध नगर्न तालिवानसँग आग्रह गरेका हुन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘अफगानिस्तानको सत्ता र शक्ति हातमा लिएकाहरुले त्यहाँका जनताको जीवनरक्षाका निम्ति जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्छ ।’

अफगान जनताले सुरक्षित र सम्मानित जीवन बाँच्न पाउनुपर्ने पनि ती मुलुकहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तालिबानले राजधानी काबुल प्रवेश गर्दै राष्ट्रपति कार्यालय नै कब्जा गरिसकेका छन् भने मुस्लिम सरिया कानूनमार्फत् शासन गर्ने जनाएका छन् ।

राजधानी काबुल छाडेर भाग्न चाहने मानिसको भीडले विमानस्थलमा कोलाहलको अवस्था बनेको छ ।