काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ ।
तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान चढेर भागेका हुन् ।
घानीले काबुल छाडेपछि तालिबानी लडाकूले राजधानी काबुलका साथै राष्ट्रपति कार्यालय नै कब्जामा लिँदै सक्पूर्ण देश आफ्नो नियन्त्रणमा आएको जनाइसकेको छ ।
राष्ट्रपति घानी केही सहयोगीसहित मुलुक छाडेर भाग्दा पूर्वराष्ट्रपति हमिद कारजाईले भने मुलुक नछाड्ने र मुलुकवासीसँगै बस्ने बताइसकेका छन् ।
पलायन भएका राष्ट्रपति घानी उज्बेकिस्तान गएको जनाइएको छ । अज्ञातस्थलबाट लेखेको फेसबुक स्टाटसमा भने उनले तालिबानले हतियारको बलमा देश कब्जा गरेको भन्दै अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि उनीहरुकै भएको जनाएका थिए ।
राष्ट्रपति घानी भाग्दै गरेको भिडियोमा केही मानिस रोइरहेको आवाज पनि सुनिन्छ । घानीले भने आफूहरुलाई बिदाई गर्न आएकालाई हात हल्लाउँदै गरेको दृष्य भिडियामा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्