२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फुट्यो नेकपा एमालेः माधव नेपालले आयोगमा गराए निवेदन दर्ता, दोस्रो तहका नेताले दिएनन् साथ


0
Shares

madhav nepal@nirwachan aayog

काठमाडौं, भदौं २ । नेकपा एमाले विधिवत रुपमा विभाजित भएको छ । नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित बनेको हो ।

पार्टी अध्यक्ष केपी ओलीसँग राजनीतिक मनमुटाव भएपछि नेपालसहितका नेताहरुले अलग्गै दल नबाउने निर्णय गरेका हुन् ।

नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई दल दर्ता गराउन सरकारले दल विभाजनसम्बन्धि अध्यादेश नै ल्याएको थियो ।

नेपाल समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्दै चुनाव चिह्न भने खुला किताब राख्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार नेपालसहितका नेता आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएको हो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेशमा नयाँ पार्टी निर्माणका लागि केन्द्रीय समिति वा संसदीय दलमा न्यूनतम २० प्रतिशत हुनुपर्ने छ ।

तर नेता नेपाललाई उहाँपक्षका दोस्रो तहका नेताहरुले भने साथ दिएका छैनन् ।