१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस नेता प्रदीप गिरी अस्वस्थ, भारतको मुम्बईमा उपचार हुँदै


0
Shares

Pradip giri

काठमाडौं, भदौं ३ । नेपाली कांग्रेसका नेता प्रदीप गिरी अस्वस्थ भएपछि भारतमा उपचार भइरहेको छ ।

गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताइएको छ । एक साताअघि घाँटीमा देखिएको समस्याको उपचार गर्न मुम्बई जानुभएका उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको जनाइएको छ ।

गिरीको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको टोली संलग्न छ ।

गिरीको स्वास्थ्यमा जटिल समस्या देखिएको जानकारी पाएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जाँदै हुनुहुन्छ ।

जनकपुरमा रहनुभएका निधि भारतको दरभंगासम्म गाडीमा र त्यहाँबाट विमानमार्फत मुम्बई जाने निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

निधिको साथमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे पनि रहने बताइएको छ ।