२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


प्रधानमन्त्री देउवासँग नेपाल र दाहालको भेटवार्ता, समसामयिक राजनीति र मन्त्रिपरिषद विस्तारका बारेमा छलफल


39
Shares

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालले घेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब पौने एक घण्टा भएको भेटवार्तामा तीन नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन नेताले मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्नुभएको थियो ।

सरकारले दल विभाजनका लागि सजिलो हुनेगरी अध्यादेश ल्याएसँगै नेकपा एमाले विभाजित भएको र नयाँ दल बनेको सन्दर्भमा नेता नेपाल नेकपा एमाले समाजवादीको अध्यक्षका हैसियतमा भेटवार्तामा सरिक हुनुभएको थियो ।

सरकारले दल विभाजन गर्न अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएको भन्दै विपक्षी नेकपा एमाले भने क्रूद्ध बनेको छ ।