
तस्वीर स्रोतः रामजी दाहाल
काठमाडौं, भदौं ४ । अस्वस्थ भई भारतको मुम्बईमा उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिसँग कांग्रेस उपसभापति बिमलेन्द्र निधिले भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।
भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेता गिरिको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
ट्यूमर अन्त नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको निधिलाई उधृत गर्दै उहाँ निकट स्रोतले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई जानुभएको थियो । बिहीबार मुम्बई जानुभएका उपसभापति निधिले शुक्रबार बिहान अस्पताल पुगेर नेता गिरिलाई भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्