१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भाजपा नेता चौथाइवालेको राजनीतिक दौडधुप, प्रधानमन्त्रीपछि एमाले अध्यक्ष ओलीसँग भेट


0
Shares

काठमाडौं, भदौं ७ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख डा. विजय चौथाइवालेले सोमबार नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

काठमाडौंमा राजनीतिक भेटवार्ता रहनुभएका चौथाइवालेले आइतबार भने प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता दुबैसँगको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको चौथाईवालेले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले पनि चौथाईवालेसँगको भेटले दुई पार्टीबीचको सम्बन्धमा अझ हार्दिकता आउने उल्लेख गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको बालकोट पुग्नुभएका नेता चौथाईवालेले ओलीसँग नेपाल–भारत सम्बन्ध अभिवृद्धिमा सकारात्मक छलफल भएको सामाजिक सञ्जाल ट्वीटमा उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री देउवासँगको भेटमा भने अन्तरपार्टी संवादलाई निरन्तरता दिने विषयमा कुराकानी भएको भन्दै चौथाइवालेले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा देउवालाई बधाई पनि दिनुभएको थियो ।