२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


एमालेमा मध्यमार्गी नेतालाई रोक्न बोलाइयो स्थायी कमिटी बैठक, १० बुँदे सहमति कार्यान्वयन गर्ने बचन


0
Shares

काठमाडौं, भदौं ७ । नेकपा एमालेले स्थायी कमिटी बैठक मंगलबारका लागि बोलाएको छ ।

पार्टी एकता पक्षधर रहेका मध्यमार्गी नेताहरुलाई माधव नेपाल पक्षमा जानबाट रोक्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।

बैठक मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

पार्टी एकता पक्षधर भनिएका र माधव नेपाल पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरुले सोमबार नै एमाले अध्यक्ष केपी ओलीलाई भेटेर आफ्ना धारणा राखेका थिए ।

बैठकमा पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । तीन नेताले तयार पार्ने प्रस्ताव मंगलबारको स्थायी कमिटी बैठकमा पेश गरिनेछ ।

पार्टी अध्यक्षसँग ती नेताहरुको छलफलपछि मंगलबार स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरिएको हो । मंगलबारको बैठकमा मध्यमार्गी नेताहरु पनि सहभागी हुने ज्ञवालीको भनाइ छ ।