
काठमाडौं, भदौं ८ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली ठूलो खेलाडी रहेको र आफूहरुलाई घरको न घाटको बनाउने षड्यन्त्र गरिएको टिप्पणी गर्नुभएको छ ।
चन्द्रागिरिमा पत्रकारसँग नेपालले ओलीले ठूलो खेलाडी ठाने पनि आफूलाई खेलाउन नसकेको दावी गर्दै सुध्रन सुझाव दिनुभयो ।
ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गर्दै नेपालले भन्नुभयो, ‘केपी ओली सुध्रनुस् । मैले किन नराम्रो भन्नु । उहाँमा सद्बुद्धि पलाओस् । राम्रो बाटोमा सबै अघि बढ्नु । सुसंस्कृत र सभ्य बनुन् ।’
नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी र सांसद दुबैतर्फ २० प्रतिशत पुर्याइने भन्दै नेपालले वाग्मती प्रदेशकी मुख्यमन्त्री बन्न आफैले अष्टलक्ष्मी शाक्यलाई भनेको पनि जानकारी दिनुभयो ।
शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको भए पनि अब अवस्था अप्ठ्यारो रहेको भन्दै उहाँले नयाँ पार्टी रोज्नुपर्ने पनि बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेपालले आफूहरुको लडाईं पदका लागि नभई मूल्य मान्यताका निम्ति भएको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्