
धनकुटा, मंसिर २६ । धनकुटाको हिलेमा बिहीबारबाट सुरु भएको धनकुटा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल फेन्डले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा धरानले आयोजक हिले फुटबल क्लबलाई ३–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । धरानको जितका लागि मिलन राईले ह्याट्रिक गरे ।
यस्तै दोस्रो खेलमा इलामले युस मोरङलाई ५–१ गोलअन्तरले हराएको छ ।
इलामको जितका लागि निश्चल राईले ह्याट्रिक तथा पुजन मगर र सनुका राईले समान एक–एक गोल गरे ।
शुक्रबार दुहवी फुटवल क्लव सुनसरी र नेपाली आर्मीको वरख गण सल्लेरी तथा इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्पोटिङ क्वल झापाबीच खेल हुनेछ ।
८ टिम सहभागी प्रतियोगिताको बिजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्