
काठमाडौं, मंसिर २६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ज्यापु संस्कृति विकास कोषलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
१६औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले कोषले सरकार समक्ष राखेका प्रस्ताबमा सरकारको समर्थन हुने बताए ।
नेपालमा परम्परा, कला र संस्कृति जोगाउन नेवार समुदायको उल्लेखनिय भुमीका रहेको उनको भनाइ थियो ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
ईमेज च्यानलका क्यामरापर्सन लक्ष्मण डंगोललाई १० हजार रुपैयाँ राशीको फोटो पत्रकारिता पुरस्कारबाट सम्मान गरियो छ ।
ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति कोषले बसन्तपुरबाट निकालेको र्याली लगन, जैसीदेवल, मरु गणेशस्थान, प्याफल, यट्खा, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल, मरु टोल हुँदै पुनः बसन्तपुरमा पुगेर समापन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्