
काठमाडौं । निर्वाचन आयोगले दुई नयाँ पार्टीलाई दर्ता गरी प्रमाणपत्र दिएकाे छ ।
प्रमाणपत्र पाउनेमा नेकपा एमालेबाट फुटेर बनेकाे नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।
बुधबार दिउसो दुबै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो ।
आयोगले बेलुकीपख दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको हाे ।

दुबै दल दर्ता गर्ने निर्णय भएको र आजै प्रमाणपत्र दिइएको आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
दल दर्ताको प्रमाणपत्र लिएसँगै नेकपा एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो पनि खुलेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दल दर्ता हुन नसकेकैले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएकाे थिएन ।

प्रतिक्रिया दिनुहोस्