२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेकपा एमाले केन्द्रीय कमिटी बैठकः दश बुँदे सहमति कार्यान्वयनलगायतका विषयमा निर्णय गर्ने


0
Shares

uml central

काठमाडौं, भदौं १० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहेर पछि पार्टीमै फर्किएका नेताहरुसमेत सहभागि हुनुहुन्छ ।

ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा बसेको बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।

एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष ओली तयार भएपछि उपाध्यक्ष भीम रावलसहितका माधव नेपाल पक्षीय नेताहरु विभाजित पार्टीमा नगई एमालेमै रहने निर्णय गरेका थिए ।

त्यसपछि रावलसहित बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि एमालेले एउटा कार्यदल नै पनि बनाएको छ । नेपालले पार्टी विभाजन गरेपछि नेकपा एमाले केन्द्रीय कमिटीको यो पहिलो बैठक हो ।

एमाले नेता शेरबहादुर तामाङका अनुसार बैठकमा १० बुँदे कार्यान्वयनबारे स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ ।

बैठकले विभाजनकारी नेताहरुमाथि कार्वाही गर्ने पनि जनाइएको छ ।