२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माधव नेपाल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता चुनिँदै


0
Shares

काठमाडौं, भदौं १३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाललाई चुन्ने भएको छ ।

दलको नेता चुन्न आइतबार ११ बजेपछि बस्ने बैठकमा संघीय संसदका सांसदहरुले अध्यक्ष नेपाललाई नै संसदीय दलको नेता पनि चुन्न लागेका हुन् ।

सांसद मेटमणि चौधरीका अनुसार बिहान ११ बजे बस्ने दलको बैठकले संसदीय दलको नेता चुन्ने छ । अरु पदाधिकारीहरुकाे निर्णय पनि हुने जनाइएकाे छ ।

यसका साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ । नेपाल नेतृत्वको दल दर्ताको प्रक्रिया लम्बिँदा सरकार विस्तारसमेत हुन सकेको थिएन। आज–भोलि नै मन्त्रिपरिषद पनि विस्तार हुने भएकाले त्यसबारेमा पनि छलफल हुनेछ ।