७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


माधव नेपाललाई रावलको प्रश्न–कसैले धकेल्दा धकेलिनेले पछाडि फर्कभन्दा किन नफर्केको ?


0
Shares

काठमाडौं, भदौं १३ । केही दिनअघिसम्म माधव नेपालका विश्वसनीय मानिने नेता भीम रावल र नेपालबीच पछिल्ला दिनमा जुहराी चल्न थालेको छ ।

खासगरी नेकपा एमाले विभाजनका विषयमा दुई नेताबीच मत नमिलेपछि सार्वजनिक अभिव्यक्तिमा पनि ठोसाठोस हुन थालेको हो ।

आफूलाई अगाडी सारेर नयाँ दल दर्ता गर्न उक्साउनेहरुले पछि साथ छाडेको अभिव्यक्ति नवगठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिएपछि त्यसको प्रतिरोधमा रावलले उत्रनुभएको हो ।

आफ्नो खेमामा रहेका दोस्रो तहका नेताहरुले नै नयाँ दल खोल्न दबाब दिएको तर अन्तिममा साथ छाडेको अभिव्यक्ति नेता नेपालले शनिबार दिएपछि एमाले उपाध्यक्ष रावलले सामाजिक सन्जालमै प्रतिरोधमा उत्रनुभएको हो ।

नेता नेपाललाई अर्ती दिँदै ट्वीटमा रावल लेख्नुहुन्छ, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’

यो पनि हेर्नुस्,

निर्णायक लडाईंमा दोस्रो पुस्ताका नेताले खुट्टा कमाए– अध्यक्ष नेपाल