
– सृजना श्रेष्ठ र राममान ढंगोल(ईमेज)
काठमाडौं, मंसिर २९ । काठमाडौंलाई धूलोमुक्त बनाउन केही समय यता सडक बढार्न ब्रुमरले प्रयोग गर्ने गरिएको छ ।
ब्रुमरको प्रयोगले सडकको धुलो त कम हुन सकेको छैन नै बरु ब्रुमरले संकलन गरेको धुलोको उचित व्यवस्थापन नहुँन नयाँ समस्या थपिएको छ ।
काठमाडौंका सडकलाई धुलोमुक्त बनाउन हरेक दिन ब्रुमरले सडक बढार्ने गर्दछ । दैनिक रातिको ८ बजे देखि बिहान ४ बजेसम्म सडक सफा गर्ने गरेको छ ।
सडक सफा गर्नेका लागि काठमाडौं महानगरपालिकाले ७ वटा बु्रमरहरु प्रयोग गर्ने गरेको छ । काठमाडौं उपत्यकाका सडकहरु सबै कालो पत्रे भएका छैनन् ।
सडकको छेउछाउमा खाल्डाखुल्डी र निर्माण सामाग्रीहरु भएका कारण सडक दैनिक बु्रमरले बढारे पनि सफा हुन सकेको छन् ।
सडक कालो पत्रे नहुदा ब्रुमरले धुलो बढार्ने गर्छ तर सडक केही समय यता सडक बढार्न ब्रुमर प्रयोग गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्