८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा


0
Shares

काठमाडौं, पुस १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरु चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीवन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार हिनामिना गरेको अख्तियारले जनाएको छ ।

निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेको प्रमाणित हुन आएको भन्दै अख्तियारले कार्वाहीसहित उक्त रकम निजहरुबाट असुल उपर गर्न माग गरेको छ ।