
काठमाडौं, भदौ १७ । नेपाल सरकारका पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ ।
७१ वर्षीय रेग्मीको उपचारको क्रममा बिहीबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
रेग्मी केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।
लामो समयसम्म गृहसचिव रहेका रेग्मी एक कुशल प्रशासकका रुपमा चिनिनुहुन्थ्यो । वि.सं. २०५९ सालसम्म सरकारी सेवामा सक्रिय रेग्मी गृहसचिव भएको समयमा राजीनामा दिँदै सेवाबाट अलग हुनुभएको थियो ।
रेग्मीले झापा, बारा, सर्लाहीलगायत जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा समेत काम गर्नुभएको थियो । उहाँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन तथा प्रसारण भएका छन् ।
रेग्मीका श्रीमती र दुई छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्