
तस्बिर फाइल
बैतडी, भदौ १७ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या ४ लाख नाघेको छ ।
सामाजिक विकास मन्त्रलायको तथ्यांकअनुसार ६ लाख १ हजार १५ जनाले पहिलो मात्रा र ४ लाख १ हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन् ।
यहाँका नागरिकलाई कोभासिल्ड,अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो ।
प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ ।
सुदूरपश्चिमसहित देशभरी गत माघ १४ गतेदेखि नै कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्