
काठमाडौं, भदौ १७ । बुधबार सम्हालिएको बजारमा बिहीबार पुनः उच्च गिरावट आयो ।
बजार परिसूचक नेप्से ५० अंकले ओरालो लागेर २९ सय २६ मा झरेर थामिंदा कारोबार पनि साढें ९ अर्बमा सिमित भयो । यस दिन पनि सबै समूह राताम्मे भयो ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च साढे ३ सय अंकको गिरावट आयो ।
निर्जीबन बीमा समूह पनि साढे २ सय अंकले झर्यो । विकास बैंक, जलविद्युत, वित्त र उत्पादनमूलक समूहमा पनि सय अंक माथिको गिरावट आयो ।
अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५८ कम्पनीको शेयर मूल्य घट्दा जम्मा २३ कम्पनीको शेयर मूल्य बढ्यो भने ३ कम्पनीको मूल्य स्थीर रह्यो ।
यस दिन २ सय ३० कम्पनीको १ करोड ८१ लाख कित्ता शेयर ९ अर्ब ५० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्