१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक’


0
Shares

विराटनगर, भदौ १७ । विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै बदर गर्न माग गरेका छन ।

कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्चसहितका दलहरुको आज सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपूर्ण निर्णय नगर्न माग गरेका हुन ।

एमाले बिभाजन भइसकेको अवस्थामा निर्वाचन आयोगले सांसदलाइ दल रोज्न समय दिँदा पनि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेको गठबन्धनको आरोप छ ।

एमाले विभाजन भएको बेला प्रदेशका सांसदहरु समाजवादी दलमा खुलेकै बेला नियुक्ति भएको भन्दै विपक्षी दलहरुले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएको दाबी गर्दै आएका छन ।