१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी पीडितको उद्धार र राहतमा छिटो काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन


0
Shares

पोखरा, भदौ १८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी पीडितको उद्धार र राहतमा छिटो छरीतो रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।

कास्की, पर्वतलगायतका जिल्लामा बाढी पहिरोले धनजनको क्षति भएपछि उद्धार र राहतमा स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको हो ।

प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा उहाँले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई बाढी प्रभावितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

प्रदेश सरकारले विपदमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ ।

यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले बेहोर्ने छ ।

मुख्यमन्त्री पोखरेलले पीडित र पीडितको परिवारबाट राहत नपाएको गुनासो बढेपछि आज विपद् व्यवसथापनको समितिको बैठक राखेर निर्देशन दिनुभएको हो ।