२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अफगानिस्तानमा सबक पाउँदा पनि सुध्रेनन् पश्चिमाहरु–रुसी राष्ट्रपति पुटिन


0
Shares

काठमाडौं, भदौं १९ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा देशहरु नसुध्रेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले अफगानिस्तानमा सबक मिल्दा पनि पश्चिमा देशहरु अर्काको देशमाथि आफ्नो मान्यता थोपर्न उद्यत रहेको पुटिनले बताउनुभएको हो ।

पुटिनले के यो पश्चिमा प्रभुत्वको अन्त्य हो भन्ने प्रश्न गर्दै यो सबै देखेर नीतिमा परिवर्तन ल्याउन सुझाव दिनुभयो । पुटिनले आफूहरु अफगानिस्तानमा जाँदा निकै गल्ती गरेको स्वीकार्दै पश्चिमा देश भने अर्काे देशको मामलामा लगातार गल्ती गरिरहेको बताउनुभयो ।

अरु देशमाथि लगाइएको प्रतिबन्धको आलोचना गर्दै उहाँले यो आफ्नो देशको मात्र विषय नभई एशिया–प्रशान्त क्षेत्रकै लागि चिन्ता बनेको टिप्प्णी गर्नुभयो । यो ल्याटिन अमेरिकी क्षेत्रमा पनि उस्तै रहेको उहाँको भनाइ छ ।

वृहत्तर रुपमा निष्कर्ष निकाल्ने हो भने अफगानिस्तान मामिलाले पश्चिमा प्रभुत्वको अन्त्यको सन्देश दिए नदिएको विषय अन्तर्राष्ट्रिय स्तरमा बाँकी देशको आर्थिक क्षमता कति छ भन्नेमा निर्भर हुन्छ, पुटिनको भनाइ छ ।