७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विवाहको आश्वासन दिई बलात्कार गर्ने पक्राउ


0
Shares

सप्तरी, पुष २ । विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ ।

घरमा अन्य कोही नभएका बेला मंसिर १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाले मंसिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंसिर ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

आरोपितले भने आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन् । रासस