
काठमाडौं, पुष २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा बसेको मंगलबारको बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा स्थायी समिति सदस्य नेकपा स्थायी समिति बैठक आज (बुधबार) पनि बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको छ । स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो ।
विगत तीन दिनदेखि नेकपा स्थायी समिति बैठक बसिरहेको छ । मंगलबारको बैठकमा घनश्याम भुसाल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, शक्ति बस्नेत, मणि थापा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका थिए ।
भुसालले समाजवादउन्मुख कार्यभारअनुसारका चुनौती सामना गर्ने गरी पार्टीलाई नयाँ ढाँचामा पुनर्निर्माण गर्नुपर्ने निचोडसहित बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् । उनले हरेक सदस्यको आधारभूत योग्यता तोक्न पनि प्रस्ताव गरेका छन् ।
बुधबारको बैठकमा बोल्न बाँकी स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
आइतबारबाट जारी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि सोमबारबाट सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्