१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री र सभामुखबीच संसद अधिवेशन बोलाउने विषयमा छलफल


0
Shares

काठमाडौं, भदौ १९ । सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाका साथै सत्तारुढ दलका नेताहरूसँग छलफल थाल्नुभएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार बिहान बालुवाटारमा सभामुख सापकोटा, सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।

बैठकमा सत्तारुढ गठबन्धनको एकता, सरकारका कामकारबाहीमा प्रभावकारिता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय पनि उठेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र संसद्बाट अमेरिकासँग गरिएको एमसीसी सम्झौता पास गराउने विषयलाई छलफलको विषय बनाउनुभएको थियो ।

एमसीसी पास गर्नकै लागि संसद् अधिवेशन बोलाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड छ ।