७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘पीपीएल’ मा काठमाडौंको शानदार जित, धनगढी १ सय ६ रनले पराजित


0
Shares

पोखरा,पुस २ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको सहयोगमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौँ गोल्डेन वारियर्सले आफ्नो तेस्रो खेलमा फराकिलो जित निकालेको छ ।

आज भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

पोखरा क्रिकेट रंगशालामा भएको खेलमा काठमाडौंले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको धनगढीले १६ ओभरका बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो ।

बलिङतर्फ काठमाडौंका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट लिँदा पवन सरार्फ दुई सुबोध भाटी र अमित भट्टराईले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लले जारी पीपीएलमा पहिलो शतक बनाएका छन् ।  ३८ बल खेलेका ज्ञानेन्द्रले ८ चौका र ९ छक्का प्रहार गर्दै १०० रन बनाएका हुन् ।

आजको खेलमा जित निकालेसँगै काठमाडौंले प्रतियोगितामा तीन खेलबाट दुई अंक जोडेको छ ।

काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल बलास्टर्ससँग पराजित भएको थियो ।

उता धनगढीले दुई खेलबाट दुई अंक जोडेको छ । धनगढीले पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले पारजित गरेको थियो ।