२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाहाल र देउवाको असली खेताला माधव नेपाल : गोकुल बाँस्कोटा


0
Shares

काभ्रे, भदौ १९ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुष्पकमल दाहालको कार्यकर्ता र शेरबहादुर देउवाको असली खेतालाको संज्ञा दिनुभएको छ ।

नेकपा एमाले काभ्रेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपाललाई काभ्रेमा चुनाव लड्न आउन चुनौती समेत दिनुभयो ।

उहाँले आफुमाथी लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गरेर देखाउन चुनौती पनि दिनुभयो ।

जनताबाट भोट लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भोट बेच्नेहरु महाभ्रष्टाचारी भएको बास्कोटाको आरोप छ ।