
बैतडी, भदौ २१ । बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् ।
उनीहरुले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी)ले बैतडी सदरमुकाममा पार्टी कार्यालय स्थापना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्