२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काठमाडौंका सिडिओ फेरिए


0
Shares

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।

उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

पराजुली गत वर्ष मंसिरमा काठमाडौंका सिडिओ बन्नु भएको थियो ।