
काठमाडौं, भदौ २२ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।
शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा जानुभएको थियो । पहिला आन्तरिक मामिलामन्त्री बन्नुभएका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्नुभएको थियो ।
राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त हुनुभएको हो । विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् ।
बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो ।
प्रतिक्रिया दिनुहोस्