
काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको नारा तय गरेको छ ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले ‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन’ भन्ने नारा तय गरेको हो ।
यस्तै, बैठकले विपक्षीको प्रहारलाई प्रतिवाद गर्न र पार्टीको प्रचारलाई प्रभावकारी बनाउन ‘वार रुम’ समेत गठन गरेको छ । यस्तै, विभागले प्रविधिमैत्री कांग्रेस अभियान अन्र्तगत एनसी विन अर्थात नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क पनि गठन गरेको छ ।
इन्जिनियर दिपेश विष्टको संयोजकत्वमा गठन भएको नेटवर्कको केन्द्रमा २७ सदस्सीय संरचना छ भने प्रदेशमा पनि अलग्गै संरचना निर्माण गरिएको छ । नेटवर्कले १४ औं महाधिवेशनको प्रचार, आगामी चुनावमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्