
काठमाडौं, भदौ २२ । अघिल्लो दिन उच्च बृद्धि आएको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको गिरावट आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ४४ अंकले ओरालो लागेर २९ सय ३६ कामय भएर थामियो । यस दिन कारोबार पनि साढें ७ अर्बमा खुम्चियो । पछिल्ला दिन ओरालो लाग्दै आएको बजारमा अघिल्लो दिन नेप्सेमा ऐतिहासिक बृद्धि आएको थियो ।
यस दिन अन्य र सामुहिक लगानी कोष बाहेक अरु सबै समूह ओरालो लागे । बीमा समूह दुबैमा ३ सय अंक हाराहारीको गिरावट आयो । लघुवित्त र उत्पादनमूलक समूह पनि डेढ सय अंक हाराहारीले ओर्लिए । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा जम्मा २६ कम्पनीको मूल्य बढ्यो । यस दिन नेप्सेमा २ सय २२ कम्पनीको डेढ करोड कित्ता शेयर जम्मा ७ अर्ब ४९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्