
काठमाडौं, भदौ २३ । पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनाको कोरोना परीक्षण गर्दा १६ सय ४० जना संक्रमित थपिएका हुन् ।
पिसिआर विधिबाट ९ हजार ७६७ जना र एन्टिजेनबाट ३ हजार ६८८ जनाको परीक्षण भएको छ ।
त्यस्तै २१ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट नेपालमा १० हजार ८८९ जनाको मृत्यु भएको छ ।
यस्तै, गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरमा ६९ जनामा कोरोना थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्