१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पत्रकार अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक


0
Shares

काठमाडौं, भदौ २३ । पत्रकार तथा लेखक प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयको सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले बुधबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

पुस्तकमा नेपालको १०४ वर्षको जहानियाँ राणा शासन कालमा भएका शिक्षाको विकासक्रमलाई खोजमूलक तथा ऐतिहासिक शैक्षिक लिखत, दस्तावेज समेटिएको छ । नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीले भन्नुभयो । अधिकारीले यसअघि ‘एसएलसीको इतिहास’ कृति प्रकाशन गरिसक्नुभएको छ ।

पुस्तकमा समेटिएका सामग्री १५ अध्यायमा विभाजित छन् । पुस्तकमा दरबार हाई स्कुलका शिक्षक र तिनका खान्की, भाषा पाठशाला स्थापनाभएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखतलगायत समेटिएको छ । पुस्तक एडु सञ्जालले प्रकाशन गरेको छ ।