
काठमाडौं, भदौ २३ । नेकपा माओवादी केन्द्रले सत्ता र प्रतिपक्षको सहमतिमा संसद बैठक चलाउनु पर्नेमा जोड दिएको छ ।
माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले संसदबाट अध्यादेशहरु पास गराउन पहल लिने निर्णय पनि गरेको छ ।
प्रमुख विपक्षी एमालेले संसद बैठक चल्न नदिने भनी लिएको अडानप्रति ध्यानाकर्षण भएको भन्दै माओवादी केन्द्रले एमालेलाई सहमतिमै अगाडि बढ्न आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्