१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद बैठक सुचालु गराउन भूमिका खेल्न सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी नेकपा एमालले संसद बैठक चल्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकलाई सूचारु गराउन भूमिका खेलिदिन सत्तारुढ गठबन्धनलाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले आज गठबन्धनको बैठक बोलाएर अत्यावश्यक विधेयक र अध्यादेशहरु पारित गर्र्नु पर्ने भएकाले संसद बैठक सहज ढंगले संचालन हुने वातावरण बनाउन सत्तारुढ दलका नेताहरुलाई आग्रह गर्नु भएको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सदन चलाउन सबै पक्ष जिम्मेवार हुनु पर्ने भन्दै सहजीकरणका भूमिका खेल्न लागि प्रधानमन्त्री देउवाले आग्रह गरेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका उपस्थिति रहेको थियो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले संसद बैठकमा सरकारले तत्काल पारित गर्नुपर्ने अध्यादेश, विधेयकहरुबारे जानकारी गराउनु भएको थियो ।