
काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित आफुबिरुद्ध नाराबाजी गरेपछि सापकोटाले आक्रोश पोख्नुभएको हो ।
एमालेले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख आक्रोशित हुनुभएको हो ।
सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्न भन्दै आफुले नियम, कानुन र संविधानभित्र रहेरै निर्णय गरेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने भन्दै एमालेलाई सचेत गराउनुभयो ।
सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले एमालेका सांसदहरुलाई मर्यादाबाहिर नजान समेत चेतावनी दिनुभयो ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्