
काठमाडौं, भदौ २३ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध २२ दलीय गठबन्धनले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
संसद बैठक सुरु हुनुअघि एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । भारी बर्षाका बीच प्रदर्शनकारीहरु सरकारविरुद्ध विभिन्न नारासहित सडकमा ओर्लिएका थिए । प्रदर्शनमा उत्रिएका केहीलाई भने प्रहरीले धरपकडसमेत गरेको थियो ।
सरकारले संसदमा एमसीसी पेश गर्ने तयारी गर्दै गर्दा सडकमा आन्दोलन चर्किन थालेको छ । प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (माले)का महासचिव सीपी मैनाली लगायतका नेताहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्