
काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।
एमाले सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
सांसद पाण्डेले आफूहरूले निर्वाचन आयोगमा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न नपाएकाले एमालेमै रहनु परेको भन्दै रिट दिएको बताउनुभयो ।
एमाले विभाजन भएर गत भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएको थियो ।
नयाँ दलका लागि सनाखत गर्न गएका सांसदहरू पाण्डे र भट्टले सनाखत गर्न पाएका थिएनन् । नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा उनीहरूको नाम नभएकाले आयोगले उनीहरूलाई सनाखत गर्न नदिएको हो ।
प्रतिक्रिया दिनुहोस्