
तस्वीरः रासस (फाइल)
काठमाडौं, भदौ २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे भेटवार्ता गरेको छ ।
बिहीबार काठमाडौं आइपुगेको टोलीले सुरुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो ।
बालकोटमा भएको वार्तामा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी हुनुहुन्छ । उहाँ पनि आजै नेपाल आइपुगेका हुन् ।
एमसीसी परियोजनाका विषयमा ओलीसँगको भेटपछि सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्